काठमाडौँ । महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् ।
योसँगै एमालेले काठमाडौँ महानगरमा विजयीको खाता खोलेको छ । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्रका राजकुमार श्रेष्ठले ४४१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।