काठमाडौँ महानगर अपडेट : उपमेयरमा डङ्गोलको झन्डै २४०० मतको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : उपमेयरमा डङ्गोलको झन्डै २४०० मतको अग्रता


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले झन्डै २४०० मतले अग्रता लिएकी छन् ।

आज (आइतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डङ्गोलले ३३८४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।

त्यस्तै राप्रपाकी विनीता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।

सत्तारुढ गठबन्धनले काठमाडौँ महानगरपालिकाको मेयर नेपाली काँग्रेसले र उपमेयर एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस