मोदीलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोदीलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री देउवा


१ जेष्ठ २०७९, आइतबार


रुपन्देही । जेठ २ गते लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।

२५६३ औँ बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि देउवा आइतबार साँझ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै लुम्बिनी पुगेका हुन् ।

देउवा आज लुम्बिनीमै बस्नेछन् भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस