काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई बढाएका छन् ।
पछिल्लो मत परिणामअनुसार बालेनले तीन हजार ५३२ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित छन् । उनले एक हजार ८५६ मत पाएका छन् ।
नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ६६८ मत ल्याएकी छन् ।
बालेन र स्थापितको मतान्तर एक हजार ६७६ छ ।