सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा काँग्रेसको अग्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा काँग्रेसको अग्रता


१ जेष्ठ २०७९, आइतबार


सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ ।

भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ४६८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मधुकरप्रसाद चौधरीले ३४८ मत प्राप्त गरे ।

खुला सदस्यमा एमालेका रवीन्द्रनाथ चौधरी र नवराज अधिकारी तथा महिला सदस्यमा पानोकुमारी राजधानी र दलित महिला सदस्यमा रामसतीदेवी राम विजयी भएका छन् ।

उक्त वडामा एमाले, काँग्रेस, माओवादी र राप्रपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । सप्तकोसी नगरपालिका–१ मा एमालेलाई पराजित गरी काँग्रेसले प्यानलसहित जित हासिल गरेको थियो ।

यसैगरी पछिल्लो मतपरिणामअनुसार नगरप्रमुखमा काँग्रेसका कृष्णप्रसाद ढकालले एक हजार ४२७ मत ल्याएर अग्रता कायम गरेको छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उत्तमकुमार शर्माको ८९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा काँग्रेसकी रिताकुमारी चौधरीले एक हजार १२१ र एमालेकी सङ्गीता चौधरीले ९०० मत प्राप्त गरेका छन्।

सप्तकोसी नगरपालिकामा कूल १५ हजार ४२१ मत खसेको छ । वडा नं २ मा जम्मा एक हजार २४७ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस