भरतपुर महानगर अपडेट : रेनुको अग्रता कायम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुर महानगर अपडेट : रेनुको अग्रता कायम


१ जेष्ठ २०७९, आइतबार


चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायम राखेकी छिन् ।

अहिले वडा नम्बर २ को २ हजार ४ सय मत गनिएको छ ।

वडा नम्बर १ सहितको परिणाममा मेयरमा माओवादी उम्मेदवार दाहालले २ हजार ६ मत ल्याएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएका छन् । रेनुले विजयभन्दा ५२ बढी मतसहित अग्रता लिएकी हुन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अन्तर बढाएका छन् । अधिकारीले २ हजार २ सय १ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ५ सय ७१ मत ल्याएकी छिन् । उनीहरुको मतान्तर ६ सय ३० मतको छ ।

भरतपुरको वडा नम्बर २ को अध्यक्षमा काँग्रेस उम्मेदवारले १९ मतको अग्रता लिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस