रुकुम पश्चिमको चौरजहारीमा माओवादी केन्द्रको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुकुम पश्चिमको चौरजहारीमा माओवादी केन्द्रको अग्रता


१ जेष्ठ २०७९, आइतबार


रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादी केन्द्रका मेयर उम्मेदवार पुष्प वादीले १ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसका मेयर उम्मेदवार प्रेमबहादुर ओलीले १ हजार ६५५ मत प्राप्त गरेका छन् ।

प्रमुख पदमा जनता समाजवादीका प्रशाराम खत्रीले १ मत पाएका छन् ।

त्यस्तै उपमेयर पदमा पनि नेकपा माओवादी केन्द्रकी ईश्वरी शर्मा (विएम)ले १ हजार ८९६ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा नेकपा एमालेका टङ्कप्रसाद शर्माले १ हजार ४३४ मत प्राप्त गरेका छन् ।

सुरुमा नेपाली काँग्रेसले अग्रता लिएको चौरजहारी नगरपालिकामा अहिले माओवादी केन्द्रका मेयर र उपमेयर दुवै उम्मेदवार अगाडि छन् ।

चौरजहारीमा माओवादी एक्लै प्रतिस्पर्धा गरेको थियो भने काँग्रेस र एमालेले तालमेल गरेका थिए ।

बाँफिकोट गाउँपालिकामा भने काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसका जनकुमार बाठाले १ हजार ३७८ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका चन्द्रबहादुर केसीले १ हजार २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी नन्दाकुमारी केसीको १ हजार ३६३ मत प्राप्त गरेकी छन् ।

माओवादी केन्द्रको उपाध्यक्षका उम्मेदवारले १ हजार २३५ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस