पुर्नवास नगरपालिका १० मा निर्वाचन जेठ ३ गते हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पुर्नवास नगरपालिका १० मा निर्वाचन जेठ ३ गते हुने


१ जेष्ठ २०७९, आइतबार


कञ्चनपुर । पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ ।

निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ ।

वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस