मलेसियामा २४ घन्टामा २ हजार ३०० सङ्क्रमित, तीनको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियामा २४ घन्टामा २ हजार ३०० सङ्क्रमित, तीनको मृत्यु


१ जेष्ठ २०७९, आइतबार


क्वाललम्पुर । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ देशभित्र र बाहिरबाट आएकाहरुमा कोभिडको सङ्क्रमण देखिएको छ ।

पहिलेको तुलनामा यहाँ सङ्क्रमितहरू घटेको भए पनि यहाँ कोभिडको सङ्क्रमण उल्लेख्य मात्रामा कम हनु भने सकेको छैन ।

यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

त्यस्तै कोभिड सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म यहाँ ३५ हजार भन्दा बढीको ज्यान गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस