तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा निर्वाचित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा निर्वाचित


१ जेष्ठ २०७९, आइतबार


वाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन् । 

माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार बुढाले २ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार देवबहादुर पुनलाई ७ सय १२ मतान्तरले पराजित गरेका हुन् । पराजित पुनले १ सय ९ सय ९५ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका हिराकुमारी छन्त्यालले २ हजार ७ सय ६८ मत ल्याएर निर्वाचित भएकी छन् । उनले माओवादी उम्मेदवार निशु रसाइलीलाई पराजित गरेकी हुन् । रसाइलीले १ हजार ९ सय ५८ मत ल्याएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस