बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । १० स्थानीय तह रहेको बैतडीका ६ पालिकामा एमालेले अग्रता लिएको छ । नेपाली काँग्रेसले तीन र एक पालिकामा माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ ।

एमालेले दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा अग्रता लिएको छ ।

काँग्रेसले पुर्चौडी नगरपालिका, सिगास र शिवनाथ गाउँपालिकामा अग्रता कायम राखेको छ । डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानाले अग्रता हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस