भरतपुरमा रेनु दाहालको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भरतपुरमा रेनु दाहालको अग्रता


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले अग्रता कायम राखेकी छन्।

अहिलेसम्म ३९७७ मत गणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल १ हजार ३ सय ७२ मत पाएकी छन्।

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार ३ सय ५ मत ल्याएका छन् । काँग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत ल्याएका छन्।

त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले १ हजार ५ सय ४२ मत पाएका छन् भने राप्रपाकी हिमाल गुरुङले १ हजार ३५ मत पाएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस