सिर्जनाको भन्दा बालेन्द्रको मत दोब्बर बढी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिर्जनाको भन्दा बालेन्द्रको मत दोब्बर बढी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ – काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् । उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्रो स्थानमा रहेका छन् । बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस