काभ्रेको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार तामाङ निर्वाचित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काभ्रेको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार तामाङ निर्वाचित


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर-१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जेब्रा चुनाव चिह्नबाट उम्मेदवार बनेका प्रेमबहादुर तामाङ १०९ मतान्तरले विजयी भएका हुन् ।

वडामा खसेको कुल एक हजार ४२१ मध्ये तामाङले ५५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरोज पाण्डेले ४४७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका गाना बज्र लामाले २०८ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस