टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी प्यानल सहित विजयी


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ ।

सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो ।

वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याई विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस