रोल्पा नगरपालिकामा ३ वडामा जितसहित माओवादीको अग्रता कायमै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रोल्पा नगरपालिकामा ३ वडामा जितसहित माओवादीको अग्रता कायमै


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । सुरुवाती अग्रता लिएको सो पार्टीले हालसम्म अग्रता कायमै राखेको छ । मतगणना सम्पन्न भएका नगरपालिकाका ४ मध्ये ३ वटा वडा समेत जितेको छ ।

नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र थापा घर्तीले २,९८७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका शेरबहादुर थापाको पक्षमा दुई हजार मत आएको छ ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गीता आचार्यले तीन हजार ३२ मत प्राप्त गरेकी छिन् । नेपाली काँग्रेसका पुष्पा श्रेष्ठको पक्षमा १४४९ मत आएको छ ।

वडा नम्बर १ को अध्यक्षमा खुमबहादुर थापा निर्वाचित भएका छन् । वडा नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार दिउचन घर्तीमगर सँग मत बराबरीपछि भएको गोलाप्रथामा नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी निर्वाचित भएका छन् ।

वडा नम्बर ४ मा नेपाली काँग्रेसका बेगमकुमार हमाललाई हराउँदै नेकपा माओवादीका मित्रलाल गुरुङ निर्वाचित भएका छन् । वडा नम्बर ५ मा टोपबहादुर नेपाली विजयी भएका छन् ।

वडा नम्बर ३ मा भने नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार राजकुमार पुरीले नेकपा माओवादी केन्द्रका भरत विष्टलाई पराजित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस