बाजुरा जाँदै आयोगको टोली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाजुरा जाँदै आयोगको टोली


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले एक आयुक्तको नेतृत्वमा एउटा टोली अनुगमनको लागि बाजुरा पठाउने भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा शनिवार निर्वाचन हुन नसकेपछि वास्तविकता बुझ्न आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा आइतबार टोली बाजुरा पठाउन लागिएको हो ।

बुढीगंगामा निर्वाचन गराउन २१ वटा मतदान केन्द्र तय गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस