काठमाडौँमा बालेनको अग्रता कायमै, ३१ मतले अगाडि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा बालेनको अग्रता कायमै, ३१ मतले अगाडि


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

पछिल्ला परिणामअनुसार साहले पाँच सय ५७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पाँच सय २६ मत पाएका छन् । साह स्थापितभन्दा ३१ मतले अगाडि छन् ।

पाँच दलीय सत्ता गठबन्धनबाट काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३१७ मत पाएकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२, राप्रपाका मदनदास श्रेष्ठले ६८ र विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १३ मत पाएकी छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले ६०२ मत पाएकी छिन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १२६ मत मात्रै पाएका छन् । राप्रपाकी विनीता मगैयाले १२६, विवेकशील साझा पार्टीकी कृति कंसाकरले ३५ मत पाएका छन्

Tags :
प्रतिक्रिया दिनुहोस