ललितपुर महानगर अपडेट : चिरीबाबु महर्जनको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगर अपडेट : चिरीबाबु महर्जनको अग्रता


३१ बैशाख २०७९, शनिबार


ललितपुर । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली काँग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।

वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमुखमा नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन् ।

नेकपा (एमाले)की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन् ।

बिहान ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार छन् ।

उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस