टोखा नगरपालिकामा एमालेको अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टोखा नगरपालिकामा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएको छ ।

स्थानीय तहको शुक्रबार सम्पन्न मतदानको आज दुई हजार २५८ मतगणना हुँदा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारीले ९३५ मतका साथ अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रजनी थापाले ८०१ मत प्राप्त गरेको टोखाका सहायक निर्वाचन अधिकृत अनिल जोशीले जानकारी दिए ।

यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले) कै उम्मेदवार ज्ञानमाया डङ्गोलले अग्रता लिएकी छन् ।

डङ्गोलले ८७५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मुरारी तामाङले ८०३ मत प्राप्त गरेको जोशीले बताए ।

यस्तै, माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले १८५ र माओवादी केन्द्रकै उपप्रमुखको उम्मेदवारले २४१ मत प्राप्त गरेका छन् ।

कूल ११ वडा रहेको टोखामा वडा नं १ र २ को मतगणना भइरहेको छ ।

उक्त नगरपालिकाको वडा नं १ मा झोर र २ मा टोखाको बजार क्षेत्र पर्दछ ।

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको सहायक निर्वाचन अधिकृत जोशीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस