चन्द्रागिरिमा एमालेको अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चन्द्रागिरिमा एमालेको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका साथ अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले ८२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार बसन्ती श्रेष्ठले ९६५ मत प्राप्त गरेकी छन् भने गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार रोशन दानीले १४८ मत प्राप्त गरेका छन् ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा अहिले वडा नं १ र २ को मतगणना भइरहेको छ ।

कूल ४७ हजार २६४ मतदाता रहेको उक्त वडामा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस