रामेछापको गोकुलगंगा गाउँपालिका- १ मा काँग्रेसको प्यानलै विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रामेछापको गोकुलगंगा गाउँपालिका- १ मा काँग्रेसको प्यानलै विजयी


३१ बैशाख २०७९, शनिबार


रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ चुचुरेमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार वडा नम्बर १ को मतगणना सकिएको छ ।

मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार छत्रबहादुर बस्नेतले ७ सय १५ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका मिनबहादुर कार्की (रामजी) ले ६ सय १९ मत पाएका थिए ।

नेपाली काँग्रेसबाट उम्मेदवार भएका महिला सदस्य दीर्घमाया खत्री ७ सय १०, दलित महिला सदस्य विमला खाति ७ सय ६ , र पुरुष खुला सदस्यमा दुर्गबहादुर थापा ७ सय ६ र टोपबहादुर खत्रीले ६ सय ७९ मत पाएर विजयी भएका छन् ।

गोकुलगंगा १ मा गाउँपालिकाको अध्यक्षमा समेत नेपाली काँग्रेसले अग्रता लिएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार काजिबहादुर खड्का (दिनेश) ले ७ सय ६५ मत प्राप्त गरेका भने उनका प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ६ सय ३७ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उषादेवी कार्की प्रतिस्पर्धी भन्दा फराकिलो मतान्तरले अघि रहेकी छन् । कार्कीले ८ सय ४५ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी एमालेकी राधिका नेवार श्रेष्ठले ५ सय ६८ मत पाएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस