पाँचखालको वडा नं. १३ मा जेठ ३ गते निर्वाचन हुने « प्रशासन
Logo ९ जेष्ठ २०७९, सोमबार
   

पाँचखालको वडा नं. १३ मा जेठ ३ गते निर्वाचन हुने


३१ बैशाख २०७९, शनिबार


काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ ३ गते हुने भएको छ ।

वैशाख ३० गते हुन नसकेको निर्वाचन जेठ ३ गते हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख उमेश राईले जानकारी दिए ।

काभ्रेको पाँचखाल १३ मा मात्र मतदान रोकिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले आज उक्त केन्द्रमा जेठ ३ गते मतदान हुने सूचना सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार : काभ्रेको पाँचखाल–१३ मा पुन: मतदान हुने

Tags :
प्रतिक्रिया दिनुहोस