बुटवलमा मत बदर बढ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बुटवलमा मत बदर बढ्यो


३१ बैशाख २०७९, शनिबार


बुटवल । बुटवलमा मत बदर हुने क्रम बढेको छ । १ हजार १ सय मत गणना गर्दा २ सय ५ बदर भएका छन् ।

मतदाताले उम्मेदवार नभएकै चिन्हमा पनि मत हालेका छन् ।

गठबन्धनबाट उपप्रमुखमा काँग्रेसका उम्मेदवार छैनन् । तर, अहिलेसम्म उक्त चिन्हमा ६७ मत आएका छन् ।

अहिले बुटवल उपमहानगरपालिका – १ को गणना भइरहेको छ । उक्त वडामा स्वतन्त्रबाट पुतली चिन्ह लिएर वडाध्यक्षमा उम्मेदवार छन् ।

त्यहाँ २३ वटा मत प्रमुख र उपप्रमुख दुवै पुतलीमा परेका छन् । हलो र रुख दुवैमा पनि मत परेका छन् ।

बुटवल उपमहानगरपालिकामा अहिले वडा नम्बर १ र १९ बाट मतगणना थालिएको छ ।

पछि गन्दै गरेका मतमा समेत बदर हुने क्रम रहेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

यसपालि गठबन्धनका कारण प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा फरक फरक चिन्ह छन् ।

यस्तोमा मतदाताले उम्मेदवार भएरनभएको नबुझी आफूलाई मन परेको दलको चुनाव चिन्हमा मत राख्दा बदर बढेको पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस