वीरगन्ज महानगरको मतगणना सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वीरगन्ज महानगरको मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार


वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

वीरगन्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा आज (शनिबार) दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भए पनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो ।

शुक्रबार सम्पन्न निर्वाचनमा ७५ .२४ प्रतिशत अर्थात् ९३ हजार ७ सय ८२ मत खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस