उपमेयरमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले डङ्गोलको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपमेयरमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले डङ्गोलको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डङ्गोलले बलियो अग्रता लिएकी छन् ।

उनी मुख्य प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् ।

वडा नम्बर १ मा १०० भोट गनिएकोमा सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।

यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् ।

समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।

सुनिताले ल्याएको मत सङ्ख्या निकटतम प्रतिस्पर्धीको तुलनामा दोब्बरभन्दा बढी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस