कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता कायमै, पछ्याउँदै एमाले


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । एमालेले पछ्याइरहेको छ ।

मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । काँग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् ।

यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, काँग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम चौधरीले ३८६ मत प्राप्त गरेका छन् ।

बेलौरी नगरपालिका–१ को मतगणना भइरहेको छ । खसेको १ हजार ६ सय ४७ मतमध्ये १ हजार ३ सय ८३ मत गणना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस