धेरै पालिकामा काँग्रेसको अग्रता « प्रशासन
Logo २४ मंसिर २०७९, शनिबार
   

धेरै पालिकामा काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । शुक्रवार (हिजो) भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ ।

काठमाडौँ महानगरमा केही बेर अघिदेखि मतगणना सुरु भएको छ । अरू महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरू धेरै पालिकामा मतगणना भइरहेको छ ।

मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा काँग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा काँग्रेस र एकीकृत समाजवादीले २-२ ठाउँमा जित हासिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस