चितवनको खैरहनीमा काँग्रेसको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितवनको खैरहनीमा काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् ।

वडा नम्बर १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणि चौधरीले २२८ मत ल्याएका छन् ।

वडा नम्बर १ मा ३८७ र वडा नम्बर २ मा ४०० मत गणना गरिएको छ । वडा नम्बर १ र २ दुबैमा काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले अग्रता लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस