काठमाडौँको गोकर्णेश्वरमा एमाले र काँग्रेसबिच तीव्र प्रतिस्पर्धा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँको गोकर्णेश्वरमा एमाले र काँग्रेसबिच तीव्र प्रतिस्पर्धा


३१ बैशाख २०७९, शनिबार


काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मतगणना जारी छ । शुक्रबार सम्पन्न मतदानको मतगणना भइरहेको हो ।

गोकर्णश्वर-१ मा २१ सय मत गन्दा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धव विष्टले ९८५ र उपप्रमुखमा सान्नानी लामाले एक हजार ५१ मत पाएका छन् ।

यस्तै, प्रमुखमा नेपाली काँग्रेसका दीपक रिसालले ९१५ र उपप्रमुखमा शान्ति नेपाल ८१८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस