सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुर्खेतमा सहायक मतदान अधिकृतको मृत्यु


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।

वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर–८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२–००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ढकालको शव पोस्टमार्टम लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस