मध्यपुर थिमिको मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मध्यपुर थिमिको मेयरमा काँग्रेस, उपमेयरमा एमाले अगाडि


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता बढाएको छ।

गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका सुरेन्द्र श्रेष्ठले ८०० मत गन्दा ४३७ मत पाएका छन्। उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मतसहित पछ्याइरहेका छन्।

प्राप्त पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन् । उनले ३३६ मत पाएकी छन् । उनलाई
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले २९६ मतसहित पछ्याइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस