बैतडीको सुर्नया र पुर्चौडीमा काँग्रेसको सुरुवाती अग्रता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीको सुर्नया र पुर्चौडीमा काँग्रेसको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ। बैतडीको सुर्नया गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । ४७० मत गणना भइसक्दा गजेन्द्रबहादुर चन्दले २९८ मत प्राप्त गरेका छन् ।

एमालेका अम्मर कुँवरले ६८ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेन्द्र विष्टले ३१ मत पाएका छन् ।

यसैगरी नेपाली काँग्रेसका उपाध्यक्ष उम्मेदवार मञ्जु बोहराले १५७ मत प्राप्त गरेकी छन् । राप्रपाका देव बहादुर चन्दले ९७ र माओवादी केन्द्रका दिलाराम भट्टले ७५ मत प्राप्त गरेका छन् ।

सुर्नयाको वडा नम्बर १ मा नेकपा एमाले विजयी भइसकेको छ ।

यसैगरी बैतडीको पुर्चौडी नगरपालिकामा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ । ५ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार दीपक बहादुर बमले १८७ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रका विक्रम कुँवरले १४४ र नेकपा एमालेका उम्मेदवार कर्ण कुँवरले १२७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसका मिना धानुकले १८० मत, एमालेकी जानकी साउँदले १४३ र माओवादी केन्द्रकी उम्मेदवार नन्दा कुमारी साहले १३३ मत प्राप्त गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस