बुटवल उपमहानगरमा काँग्रेसको सुरुवाती अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुटवल उपमहानगरमा काँग्रेसको सुरुवाती अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडा नम्बर १ बाट मतगणना सुरु भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस