धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बिहान ८ बजेबाट मतगणना हुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा बिहान ८ बजेबाट मतगणना हुने


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मतगणना कार्य बिहान ८ बजेबाट सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्रिपुरासुन्दरीको अध्यक्षमा गठबन्धनको तर्फबाट काँग्रेसका राजु उप्रेती र उपाध्यक्षमा माओवादीका देवराज धरेल तथा एमालेबाट अध्यक्षमा उमेश थापा र उपाध्यक्षमा सङ्गीता कुमाल बिच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।

कूल मतदाता सङ्ख्या २० हजार २२६ मतदाता सङ्ख्या रहेको त्रिपुरासुन्दरीमा १३ हजार ७७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस