उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै काठमाडौँ उपत्यकामा आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।

मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्बाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निर्वाचन आयोगले बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

मतदानका लागि आज बिहान ६ बजेदेखि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

यस समयावधिमा ट्राफिक प्रहरीले अनधिकृत रुपमा सञ्चालन भएका सवारी ‘होल्ड’ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस