बारामा ५५ प्रतिशत मतदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बारामा ५५ प्रतिशत मतदान


३० बैशाख २०७९, शुक्रबार


कलैया । बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए ।

बारागढी सिम्रौनगढ प्रचरौटा मतदान केन्द्रमा मतदान सुरु हुन लाग्दा दुवै पक्षबीच झडप भएकामा अनुगमन टोलीले दुवै पक्षलाई सम्झाइ मतदान सुरु गराएको मुख्य निर्वाचन अधिकृत रेग्मीले बताए ।

अहिलेसम्म सबै मतदानस्थलमा निरन्तर मतदान सञ्चालन भइरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस