काभ्रेका चार मतदान केन्द्रमा तत्कालका लागि मतदान स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काभ्रेका चार मतदान केन्द्रमा तत्कालका लागि मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार


काभ्रे । काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका-१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका-७ को भुमेश्वोर मावि केन्द्र र तेमाल-९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको हो ।

चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिए पछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको छ ।

पाँचखाल नगरपालिका-१३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३/४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको हो ।

विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड गरेको छ ।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका-७ को भुमेश्वोर मावि मतदान केन्द्रमा पनि इच्छाइएको व्यक्तिलाई भोट हाल्न लगाउने विषयमा विवाद हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । उक्त स्थानमा समेत मतदान स्थगित भएको छ ।

त्यस्तै तेमाल-९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचको विवादका कारण मतदान स्थगित भएको छ ।

सम्बन्धित समाचार : पाँचखाल नगरको एक केन्द्रमा मतदान स्थगित

सम्बन्धित समाचार : काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड

Tags :
प्रतिक्रिया दिनुहोस