निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला


३० बैशाख २०७९, शुक्रबार


मोरङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् ।

आदर्श मावि मतदान केन्द्रमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आए पनि गठबन्धन दलहरुको बीचको एकता नटुट्ने प्रस्ट पारे ।

नेता कोइरालाले निर्वाचन परिणामपछि गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे।

अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन राजनीतिक महत्त्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माण कार्यमा केन्द्रित हुने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस