देशभरका ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा गोली चल्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देशभरका ३० ठाउँमा मतदान अवरुद्ध, १२ ठाउँमा गोली चल्यो


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । देशभरका विभिन्न जिल्लामा झडप हुँदा ३० ठाउँमा मतदान अवरुद्ध भएको छ ।

झडपका कारण मतदान अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णु कुमार केसीले बताए ।

उनले देशभरमा विभिन्न ठाउँमा झडप भए पनि शान्ति सुरक्षालाई प्रभाव पार्ने किसिमका झडप नभएको बताए ।

‘अहिलेसम्म १२ ठाउँमा गोली चलाएर झडप नियन्त्रण गर्नु परेको छ । बढी जोखिम भएका ठाउँमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

देशभरका विभिन्न मतदान केन्द्रमा मतपेटिका तोडफोड भएका छन् । त्यस्तै राजनीतिक दलका कार्यकर्ताहरु घाइते भएका छन् । यस अवधिमा प्रहरीले हवाई फायरसमेत गर्नुपरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस