बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीद्वारा तीन राउन्ड हवाई फायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बझाङमा एमाले र गठबन्धन कार्यकर्ताबीच झडप, प्रहरीद्वारा तीन राउन्ड हवाई फायर


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका ७ को मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

सुनिपिपल चौर माविमा भएको दोहोरो झडपमा मतपेटिका तोडफोड भएको छ ।

झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले स्थिति सामान्यतर्फ गइरहेको जानकारी दिए ।

उनले केही बेरमा पुन मतदान सुरु हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस