बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । बैतडीमा मतदान केन्द्रमै मतदातामाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

सुर्नया गाउँपालिका–२ वासुदेव मावि लिस्किटा मतदान केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट गर्ने उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँका विक्रम विष्ट, हरजीत विष्ट, दिनेश विष्ट र संग्राम विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनीहरूले मतदान केन्द्रमा गएका बेला लखेटेर लात्तीले हानेको घाइते मोहन विकले बताए ।

घाइते बिक अस्पतालमा उपचाररत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस