सर्लाहीको धनकौलमा ६ राउन्ड हवाई फायर, मतदान अझै सुरु भएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्लाहीको धनकौलमा ६ राउन्ड हवाई फायर, मतदान अझै सुरु भएन


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ। स्थानीय तह निर्वाचनका क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा बुथ प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको छ ।

झडपका कारण अझै मतदान प्रक्रिया सुरु हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।

झडप बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरिएको उनले जानकारी दिए । अहिले स्थिति सामान्य बन्दै गएको र डिएसपीको नेतृत्वमा सुरक्षा फोर्स थपिएको उनले जानकारी दिए ।

“हालसम्म मतदान सुरु हुन सकेको छैन । स्थिति सामान्य बन्दै छ,” उनले भने, “सबैसँग छलफल हुँदै छ । अब केही बेरमै मतदान सुरु हुन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस