ओखलढुङ्गाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओखलढुङ्गाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो ।

अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ ।

यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अद्यावधिक विवरण प्राप्त हुन नसकेको हो ।

यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा केही केही मतदान केन्द्रका पनि मतदान सुरु हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस