दोलखा अपडेट: २ स्थानमा १३ राउण्ड हवाई फायर, मतदान स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोलखा अपडेट: २ स्थानमा १३ राउण्ड हवाई फायर, मतदान स्थगित


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो ।

वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गङ्गा पौडेलले जानकारी दिए । दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस