प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन्।

थपलियाले भक्तपुरको मध्यपुरथिमि-१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका हुन्।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ‘ख’ केन्द्रमा मतदान गरेका हुन्। मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए।

उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे। मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस