संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान


२९ बैशाख २०७९, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्व खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताएका छन् ।

विश्वमा दिन प्रतिदिन खाद्य सङ्कट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उनले बताएका छन् । विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गरेका हुन् ।

उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उनले सबैलाई आग्रह गरेका हुन् ।

हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो कुरामा जोड दिएका थिए । रुस युक्रेन द्वन्द्वका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस