पर्सामा सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सामा सुरक्षा व्यवस्था कडा


२९ बैशाख २०७९, बिहिबार


वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्सामा जिल्ला सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदान स्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए ।

भारतीय सीमा सुरक्षा बल ९ एसएसबी० का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए ।

निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् ।

पर्सामा रहेका कूल १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस