४ दिनसम्म लगातार बढेको सेयर बजार आज घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

४ दिनसम्म लगातार बढेको सेयर बजार आज घट्यो


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । अघिल्ला ४ दिनसम्म लगातार बढेको सेयर बजार आज (बिहीबार) भने घटेको छ । परिसूचक नेप्से बिहीबार १८.६४ अङ्क घटेर २३५० मा कायम भएको छ ।

कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । ३४ कम्पनीको मूल्य बढ्दा ९ को स्थिर रह्यो भने १५१ को घट्यो ।

उत्पादन र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । उत्पादन ८० र अन्य उपसमूह ७ अङ्कले बढे । बैङ्किङ १, विकास बैङ्क ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र व्यापार उपसमूह २९ अङ्कले घटे ।

जाल्पा लघुवित्तको मूल्य १० र तेह्रथुम पावरको ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवं सिमेन्ट, राधि विद्युत्, अरुणभ्याली हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स र ङादी ग्रुप क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस