मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका एमाले वडा अध्यक्षका उम्मेदवार रिहा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका एमाले वडा अध्यक्षका उम्मेदवार रिहा


२९ बैशाख २०७९, बिहिबार


सुर्खेत । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका गुर्भाकोट ११ का एमाले वडा अध्यक्ष उम्मेदवार राजन बिसी रिहा भएका छन् ।

गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा हिजो (बुधबार) मध्य राति मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा बिसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनको साथबाट १ लाख १२ हजार नगदसमेत बरामद गरेको थियो । प्रदेश निर्वाचन कार्यालय प्रमुख दुर्गा चालिसेका अनुसार सर्वदलीय बैठकबाट उनलाई रिहा गर्ने निर्णय भएको थियो ।

आइन्दा सौहार्दपूर्ण रुपमा निर्वाचनका गतिविधि गर्ने र निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएपछि बिसी बिहीबार रिहा भएका हुन् ।

सम्बन्धित समाचार : मतदातालाई पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

Tags :
प्रतिक्रिया दिनुहोस